aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कलाकार अनुपम खेर काठमाडौंमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
कलाकार अनुपम खेर काठमाडौंमा

काठमाडौं । बलिउड कलाकार अनुपम खेर काठमाडौं आएका छन् । फिल्म छायाँंकनका लागि नेपाल आएका खेरले मंगलबार पशुपतिनाथको दर्शन गरेको जानकारी ट्वीटरमार्फत मार्फत जानकारी दिएका हुन् ।  

खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन्। उनले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ।’ 

खेरसहित बलिउड कलाकार हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो । टीममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाकार रहेका छन्।  

प्रतिक्रिया दिनुहोस