aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एनआईसी एशिया लघुवित्तद्वारा ५.४१ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
एनआईसी एशिया लघुवित्तद्वारा ५.४१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ५ दशमलव ४१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको आधारमा कर समेत उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस