
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७/०७७ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत रकम छुट्याएको जानकारी दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
प्रतिक्रिया दिनुहोस