aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङदी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
छ्याङदी हाइड्रोपावरले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि गत बैशाख १५ गते बोर्डमा निवेदन दर्ता गराएको छ ।

उक्त हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रकृयामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

पहिलो चरणको ३० प्रतिशत हकप्रद शेयर निष्कासनको स्वीकृतिनै नपाई कम्पनीले दोस्रो चरणमा ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि विद्युत नियमन आयोगमा स्वीकृति लिन लागेको हो । विद्युत नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ ।

हाल कम्नपीको चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । 

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस