aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

बजाज एक्सचेन्ज महा मेला, बाइक किन्नभन्दा पहिला १० हजार किनिसकेपछि १० लाख पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
बजाज एक्सचेन्ज महा मेला, बाइक किन्नभन्दा पहिला १० हजार किनिसकेपछि १० लाख पुरस्कार

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले “फाइदा मोर, टेन्सन नो मोर” शीर्षकका साथ “बजाज एक्सचेन्ज महा मेला” अफरको ल्याएको छ । यो अफरं असोज १७ गते देखि असोज २३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा लागु हुने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैँया थप गरि दिएने छ । 

यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्ट मा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरिने कम्पनीले जनाएको  छ । एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनु हुनेछ ।

यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछ ।

साथै, बजाजले “बजाज खुसी को ३ डोज”नामक आफ्नो दशैं अभियान सफलता पूर्वक चलाइरहेको कम्पनीले जनाएको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले  १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । 

 त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि  १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस