
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट साधारण शेयर(आइपीओ) विक्री खुला भएकाृे छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको १०० दरको ९० लाख कित्ता आईपीओमध्ये ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आज १० बजेबाट उक्त कम्पनीको शेयरमा आवेदन दिन सकिने छ । यसको आवेदन दिने अन्तिम समय असोज २५ गतेसम्म रहेको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।कुल कित्ता मध्य ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । यो शेयर विक्रीको लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ३ गतेसम्मको मिति तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणका लागि १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्न बैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानियमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर कम्पनीले हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ दशमलव ३९ रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने १ दशमलव २२ रुपैयाँ ऋणाम्त्मक छ ।
प्रतिक्रिया दिनुहोस