aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनिलिभर नेपालले बोलायो साधारण सभा, नगद लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
युनिलिभर नेपालले बोलायो साधारण सभा, नगद लाभांश प्रस्ताव

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले कात्तिक ११ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कर्पोरेट अफिस दोस्रो तल्ला सिटी स्क्वेयर बिल्डिङ्ग, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ३ः४५ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेद सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित नगद लाभांश समेत पारित गर्नेछ । कम्पनीले यस वर्ष प्रतिकित्ता ६५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आगामी साधारण सभा प्रयोजनका लागि असोज २५ गते बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले साधारण सभा भएको ४५ दिनभित्र लाभांश वितरण गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस