aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बाग्लुङ र बेनीमा युवासँग महालक्ष्मी लाईफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
बाग्लुङ र बेनीमा युवासँग महालक्ष्मी लाईफ

काठमाडौं । म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवा संग—महालक्ष्मी लाईफ’बीमा जागरण राष्ट्रिय अभियान  छोटो अवधिमा व्यापक बनाउदै गइरहेको छ । 

बुधबार  बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका छन । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।   कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । 

यसै क्रममा विहीबार धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि ‘युवा संग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गरेका थिए भने कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस