aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा मेगा क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधरणको लागि ४ करोड बरावरको ४ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । 

धितोपत्र निष्कासन सम्बन्धी सम्झौतामा बिहिवार आज असोज २१ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृतम भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीको अधिकृत पूँजी १ अर्ब र जारी पूँजी ४० करोड रहेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । आवश्यक प्रत्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्रमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । कम्पनीले यहि वर्षको चैत मसान्तभित्र आइपीओ निष्कासनको सबै प्रक्रिया पुरा गरी निष्कासन गर्ने तयारीमा रहेको जानकारी गराएको छ । 

वि.स २०७५ सालमा स्थापना भएको यस कम्पनीमा मुक्तिनाथ विकास बैंक लगायत नेपालका ८६३ जना भन्दा बढी ब्यवसायिक ब्यात्तिहरुको लगानी रहेको छ । यस कम्पनीले कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादिन बनाई युवाहरुको आर्कषणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउने काम गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस