aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यी हुन् बलिउड जोडीका सात महँगा डिभोर्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
यी हुन् बलिउड जोडीका सात महँगा डिभोर्स

एजेन्सी । दक्षिण भारतीय चलचित्र उद्योगका कलाकारहरू नागा चैतन्य र समन्था अक्किनैनीले सम्बन्ध विच्छेद गरेका छन् । वैवाहिक सम्बन्धमा गाँसिएको चार वर्षमा नै यो जोडीले सम्बन्ध विच्छेद गरेको हो । 

समन्थाले यो डिभोर्सका लागि ५० करोड माग गरेपछि बलिउडमा यसको निकै नै बढी चर्चा भएको थियो । त्यससँगै सामाजिक सञ्जालमा नागा र समन्थाको सम्बन्ध विच्छेद भएको समाचार भाइरल भयो । यो खबरलाई कलाकार समन्था स्वयंले पुष्टि थिइन् । सामन्था र नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए । दुवै दक्षिण भारतीय चलचित्र उद्योगमा रुचाइएका जोडीहरूमध्येका एक थिए ।  

उनले माग गरेको उक्त रकम अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । भारतीय फिल्म इन्डस्ट्रीमा भने सम्बन्ध विच्छेदको लागी मोटो रकमको माग गर्नु सामान्य कुरा हो । आज हामी भारतीय फिल्म इन्डस्ट्रीमा सबैभन्दा महँगो सम्बन्ध विच्छेदको बारेमा चर्चा गर्नेछौँ । 

फरहान अख्तर र अदुना भावनी

फरहान र अदुनाले १६ वर्ष लामो अफ्नो वैवाहिक जीवनलाई सन् २०१६ मा टुङ्ग्याएका हुन् । उनीहरूका शाक्य र आकिरा नाम गरेका दुई छोरीहरू छन् । फरहानले महिनैपिच्छे अदुनालाई पैसा दिनु भन्दा एकै पटक तिर्ने निर्णय गरेको थिए । पछि उनले १० हजार स्क्वायर फिटको मुम्बईमा रहेको बिल्डिङ लिइन् । त्यसबाहेक फरहानले सन्तानको भविष्यका लागि खर्च पनि गर्ने निर्णय गरेका थिए । 

अरबाज खान र मलाईका अररा 

पाँच वर्षसम्म प्रेम सम्बन्धमा रहेर विवाह गरेको १३ वर्षपछि यो जोडिले छुट्टिए । डिभोर्सका लागि मलाईकाले १५ करोड माग गरिन् । उनीहरूका अरहान नाम गरेका एक छोरा छन् । 

ऋतिक रोशन र सुजैन खान

ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भारतको मात्र नभई विश्वकै सबैभन्दा महँगो डिभोर्समध्ये एक मानिन्छ । दुबैको सन् २००० मा बिहे भएको थियो । उनीहरूले सन् २०१३ मा डिभोर्स गरेका थिए । डिभोर्सपछि सुजैन खानले ४०० करोड रुपैयाँ माग गरेकी थिइन् । जसमध्ये ३८० करोड उनीहरूलाई दिइएको थियो । 

सैफ अली खान र अमृता सिंह

सैफ अलि खान र अमृता सिंहको डिभोर्स पनि महँगो मध्येको एक हो । आफूभन्दा १३ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफले १३ वर्षपछि उनीबाट अलग हुने निर्णय गरेका थिए ।  

सैफसँग डिभोर्सको समयमा अमृताले ५ करोड पाउने तय भएको थियो । उनीहरुको छोरा इब्राइन १८ वर्ष पुगिन्जेल प्रत्येक महिना एक लाख दिने पनि उनले दिन सहमति भएको थियो । 

करिश्मा कपुर र सञ्जय कपूर

करिश्मा कपूरको विवाहको १३ वर्षपछि सन् २०१६ मा सञ्जय कपूरसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । सञ्जयसँग सम्बन्ध विच्छेद भएपछि करिश्माले मुम्बईको खार क्षेत्रमा एउटा घर र बच्चाहरूका लागि १४ करोड पाएकी थिइन् । उनीहरूका दुई सन्तानको हेरचाहका लागि सञ्जयले करिश्मालाई हरेक महिना १० लाख रुपैयाँ तिर्ने गरेका छन् ।  

आदित्य चोपडा र पायल खन्ना

आदित्यको डिभोर्स पनि भारतको सबैभन्दा महँगो डिभोर्समध्ये एक हो । आदित्य चोपडाले आफ्नो बचपनको साथी पायल खन्नासँग विवाह गरेका थिए । आदित्यले आफ्नी पत्नी पायलसँग सम्बन्ध विच्छेद गर्न ५० करोड रुपैयाँ तिरेका थिए ।  

 

प्रतिक्रिया दिनुहोस