
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले कात्तिक २४ गते संयुक्त साधारण सभा बोलाएको छ । कम्पनीको असोज २० गतेको सञ्चालक समितिको बैठकले विगत दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारितका लागि २०औं र २१औं वार्षिक साधारण सभा संयुक्त रुपमा बोलाएको हो ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्न लागेको हो । सभा सिद्धार्थ कटेज रेष्टुरेष्ट एण्ड बारको सभाकक्ष तिनकुने, काठमाडौंमा भर्चुअल माध्यमबाट हुनेछ । सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिकको विषयलाई पनि टुङग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस