aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ ७४ हजार ४ सय जना १० कित्ताका दरले पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ ७४ हजार ४ सय जना १० कित्ताका दरले पाए

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलमा १०ः३० बजे बाँडफाँट भएको हो । आइपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जानकारी गराएको छ ।

बाँकी योग्य २० लाख १४ हजार ९२२ जना आवेदकमध्ये गोलाप्रथाद्धारा ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीले असोज ११ गते देखि१४ गते सम्म ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । कुल कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचाराहरुको लागि ,५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस