
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गरेको छ ।
लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
आईपीओमा कूल ३ लाख ९९२ वटा आवेदनबाट सर्वसाधारणमा माग भएको १४ गुणा बढी अर्थात ५२ लाख ५० हजार ६३० कित्ता माग परेको थियो।
आईपीओ बाँडफाँड पछि ३७,५०० आबेदकले गोलाप्रथा बाट १०–१० कित्ताका दरले ३ लाख ७५ हजार कित्ता पाए भने बाँकी २,६२,९१४ आबेदकको हात खाली रहयो ।
आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख ४१३ जना आवेदकमध्ये ३७ हजार ५०० जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ५७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।
आँधिखोलाले असार २२ देखि २५ गतेसम्म कुल ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
केहि समय पछि रिजल्ट https://aarthiknews.com/ipo-result मा पनि हेर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस