
एजेन्सी । अभिनेत्री सोमी अलीले शाहरुख खानका छोरा आर्यन खानको बचाउ गरेकी छिन । सामाजिक सञ्जालमा पोस्ट गर्दै, 'बच्चाले ड्रग्सको प्रयोग गरेको छैन ? यस बच्चालाई घर जान दिनुहोस्। वेश्यावृत्ति जस्तै लागूपदार्थ कहिल्यै अन्त्य हुदैन, त्यसैले दुबै एक अपराधबाट मुक्त हुनु पर्छ।'
उनले आफ्नो पोस्टमा लेखेकी छिन, 'न्यायिक प्रणालीले आर्यनलाई आफ्नो कुरा प्रमाणित गर्न प्रयोग गरिरहेको छ र बच्चा पीडित भइरहेको छ। न्यायिक प्रणालीले यो मुद्दाको सट्टा बलात्कारी र हत्याराहरुलाई समात्नमा ध्यान केन्द्रित गरेको भए राम्रो हुन्थ्यो ? '
प्रतिक्रिया दिनुहोस