काठमाडाैं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गरेको छ । लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख ४१३ जना आवेदकमध्ये ३७ हजार ५०० जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ५७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।
लिंक क्लिक गरे पश्चात कम्पनीकाे नाम र अफ्नाे डिम्याट खाता नं. राखेर चेक गर्न सक्नुहुने छ ।
प्रतिक्रिया दिनुहोस