aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ असोज २०७८
शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च लाभांश दिने

काठमाडौं। शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च २९ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले प्रस्तावित सो लाभांश अनुमोदनका लागि साधारण सभा समेत आव्हान गरेको छ। 

जसअनुसार अब कात्तिक १६ गते कम्पनीको साधारण सभा हुने भएको छ। सो सभाले अनुमोदन गर्‍यो भने चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने कम्पनीको योजना कार्यान्वयनमा आउने छ।

अहिले शिवम् सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। यदि कार्तिक १६ मा बस्ने कम्पनीको साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गर्‍यो भने सो कम्पनीले एक अर्ब २७ करोड ६० लाख रुपैयाँ वितरण गर्ने छ। अघिल्लो वर्ष कम्पनीले २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।  गतवर्ष १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो। 

प्रतिक्रिया दिनुहोस