aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जलविद्युत आयोजनाका लागि लगानी बोर्डबाट ७३ अर्ब लगानी स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ असोज २०७८
जलविद्युत आयोजनाका लागि लगानी बोर्डबाट ७३ अर्ब लगानी स्वीकृत

काठमाडौं। ठूला परियोजनाको संयोजन र व्यवस्थापन गर्दै आएको लगानी बोर्डले ७३ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान गरेको होे ।

लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस