aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपर तामाकोसीको स्थगित साधारण सभा मंगलबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
अपर तामाकोसीको स्थगित साधारण सभा मंगलबार

काठमाडौं । गणपुरक संख्या नपुगेर स्थगित भएको अपर तामाकोसी जलविद्युत् आयोजनाको वार्षिक साधारण सभा मंगलवार हुँदैछ । कम्पनी ऐनमा साधारण सभा आयोजना गर्न ५१ प्रतिशतको उपस्थिति हुनुपर्ने व्यवस्था रहेपनि कम्पनीकोे विनियमावलीमा ६७ प्रतिशत शेयरधनीको उपस्थिति हुनुपर्ने व्यवस्थाका कारण सभा स्थगित भएको थियो । 
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र सर्वसाधारण शेयरधनीको तर्फबाट चार सञ्चालक निर्वाचन गर्नेछ । 
कुल १० अर्ब ५९ करोड रुपैयाँ चुक्तापँुजी रहेको कम्पनीमा संस्थापकतर्फ नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत गरी ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस