aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अरुणभ्याली हाइड्रोपावरको आज हुने साधारण सभाको लागि स्थान परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असोज २०७८
अरुणभ्याली हाइड्रोपावरको आज हुने साधारण सभाको लागि स्थान परिवर्तन

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभाको लागि स्थान परिवर्तन गरेको छ । यस अघि कम्पनीले आफ्नै कार्यालय रहेको ट्रेड टावर, थापाथलीमा सभा गर्ने भनिएकोमा सो स्थान परिवर्तन गरी होटल ल्याण्डमार्क, दरबारमार्ग, काठमाडौंमा गर्ने निर्णय गरेको हो । सभा असोज २४ गते विहान ११ बजे सुरु हुनेछ । कम्पनीले भर्चुअल माध्यमाबाट सभा गर्ने तयारी गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।  सभा प्रयोजनका लागि कम्पनीले असोज ११ गते बुक क्लोज गरेकाले असोज १० गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि सभाका लागि गरेको छ । कम्पनीले प्रस्ताव गरेको बोनस तथा नगद लाभांश वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ भने हकप्रद शेयर भने साधारण सभाबाट पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउनुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस