aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रिमियर इन्स्योरेन्सले ८४ प्रतिशत बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
प्रिमियर  इन्स्योरेन्सले ८४ प्रतिशत बोनस  शेयर दिने

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ८४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारण सभा लैजाने भएको छ । मंगलबार हुने  कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको छ । 
१ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो  । बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिने छैन । हाल कम्पनीको चुक्ता पुँजी  ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी  १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ । 


 

प्रतिक्रिया दिनुहोस