
काठमाडौं । सोल्टी होटल लिमिटेडले मंसिर २८ गते ४७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्ट्रार कार्यालय ताहचल, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई सभाले टुङ्गो लगाउनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।
हाल कम्पनीको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस