aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर विक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले असोज २५ गते (आज) देखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर कार्यालय अवधिपश्चात विक्री खुला गर्ने भएको हो । 

यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन् । 

यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले यो हकप्रद शेयर खरिदका लागि कात्तिक १४ गतेसम्मको मिति तोकेको छ । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस