aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर मर्जरमा जाने, कात्तिक १७ गते वार्षिक साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर मर्जरमा जाने, कात्तिक १७ गते वार्षिक साधारण सभा

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन् । रैराङ हाइड्रोपावरले मर्जर प्रस्ताव पारितका लागि कात्तिक १७ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय, थापाथली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । मर्जर प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।  

मर्जर प्रकृयामा जाने भएकाले आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस