
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस