aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

नेरुडे लघुवित्तले २२.६२ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
नेरुडे लघुवित्तले २२.६२ प्रतिशत लाभांश दिने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २२ दशमलव ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रु.४९ करोड ३८ लाख ७७ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस