aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायल जाने अन्तिम छनोटमा परेका ११७५ जना श्रमिकको नामावली सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
इजरायल जाने अन्तिम छनोटमा परेका ११७५ जना श्रमिकको नामावली सार्वजनिक

काठमाडौं । सरकारले इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएकाहरुको  नाम इजायल सरकारलाई पठाएको थियो ।

इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत एक हजार ६०० जनाको लिष्टबाट ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ । 

अब छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् । इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो । 

११७५ जना श्रमिक नामावली तलको लिंक  अथवा  वैदेशिक रोजगार विभागको वेबसाईटमा गएर हेर्न सकिने छ।  

Document_2021101105061.pdf

प्रतिक्रिया दिनुहोस