काठमाडौं । गणपति माईक्रोफाइनान्सको आईपीओमा पहिलो दिनमै माग भन्दा ३ गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणहरुको लागि ३ लाख १३ हजार ७५ कित्ता आइपिओ विक्री खुला गरेको हो । सोमबारदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
विक्री एनआइबिएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार सोमबार ५ बजेसम्म ५१ हजार ८३० जना आवेदनकबाट १० लाख ७५ हजार ७० कित्ताको लागि आवेदन प्राप्त भएको छ । न्यूनतम १०० मूल्य रुपैयाँ तोकिएको उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम एक हजार पाँच सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले कुल ३ लाख ३५ हजार कित्ता मध्ये ५ हजार १६७ कित्ता कर्मचारीहरुको लागि सुरक्षित राखी १६ हजार ७५० कित्ता सामूहकि लगानी कोषलाई बाँडफाँट पश्चात बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।
छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म आवेदन दिन सकिने मिति तय भएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिकै मितिसम्म मात्र विक्री खुला हुनेछ ।
प्रतिक्रिया दिनुहोस