
एजेन्सी। अघिल्लो पुस्ताका बलिउडका चर्चित अभिनेता धर्मेन्द्र सामाजिक सञ्जालमा धेरै सक्रिय छन्। र, उनका फ्यानहरू उनको पोस्ट हेर्न खुब मन पराउँछन्। धर्मेन्द्रले भर्खरै ट्विटरमा एउटा भिडियो पोस्ट गरे जसमा उनले प्रशंसकहरूलाई आफ्नो पहिलो कारको बारेमा बताएका छन्।
धर्मेन्द्रले आफ्नो कार देखाउँदै खुलासा गरे कि उनले त्यसलाई उनले १८ हजार रुपैयाँ भारुमा किनेका थिए। भिडियोमा पुरानो फिएट मोडलको कार देखिएको छ।
उनी आफ्नो पुरानो फिएटको छेउमा उभिए र भने - "नमस्कार साथीहरू, मेरो पहिलो कार। मैले मात्र १८ हजारमा किनेको थिएँ । १८ हजार रुपैयाँ ती दिनहरूमा ठुलो कुरा थियो। मैले यसलाई राम्रोसंग राखेको छु। यदि तपाइलाई राम्रो लाग्छ भने यसको लागि प्रार्थना गर्नुहोस् कि यो सधैँ मेरो साथ हुनेछ। "
केही दिन पहिले उनले एक फोटो पोस्ट गरे जसमा उनी मुस्कुराइरहेको देखिएका छन्। उनले त्यसमा आफूलाई माया गरेकोमा आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएका छन् । "मेरो पोस्टमा तपाईँको मायालु प्रतिक्रियाको लागी तपाईँ सबैलाई माया गर्दछु। जिन्दगीको ख्याल राख्नुहोस् " धर्मेन्द्रले लेखेका छन् ।
धर्मेन्द्रको अर्को फिल्म रकी र रानीको प्रेम कहानी हो, करण जोहर पाँच वर्षपछि निर्देशकको कुर्सीमा फर्किएर यो सिनेमा बनाएका हुन् । फिल्ममा आलिया भट्ट र रणवीर सिंह मुख्य भूमिकामा छन्। करणले अगस्टमा एउटा विशेष भिडियो सेयर गरी प्रशंसकहरूलाई फिल्मको तयारीको झलक दिए। रकी र रानीको प्रेम कहानीमा शबाना आजमी र जया बच्चनको अभिनय छ। यो अर्को वर्ष सन् २०२२ मा रिलिज हुँदैछ।
प्रतिक्रिया दिनुहोस