aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

२ घण्टामा फुल चार्ज र ८ यात्रु सहित १२ सय किलोमिटर चल्ने कार, नेपालमा समेत उत्पादन गर्ने कम्पनीको योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असोज २०७८
२ घण्टामा फुल चार्ज र ८ यात्रु सहित १२ सय किलोमिटर चल्ने कार, नेपालमा समेत उत्पादन गर्ने कम्पनीको योजना

काठमाडौँ। नेपालमा समेत उत्पादनको योजना सहित हाल भारतमा बन्दै गरेको विद्युतीय गाडी ट्राइटन हाल सम्म कै उच्च विशेषतायुक्त कारका रूपमा देखा परेको छ। ट्राइटनले भारतमा आफ्नो मोडेल एच इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। यो इलेक्ट्रिक कारको विशेषता यो छ कि यो एक पटक फुल चार्जमा यसलाई १२०० किमीसम्म चलाउन सकिन्छ।

पेट्रोल र डिजेलको बढ्दो मूल्यहरूको बिच इलेक्ट्रिक कार एक विकल्प हो। तर, यसलाई बारम्बार चार्ज गर्ने तनाव रहन्छ। यस्तो स्थितिमा अब अमेरिकी इलेक्ट्रिक वाहन कम्पनी ट्राइटन यो समस्याको समाधान सहित आएको छ। 

यो एसयूभीमा २०० किलोवाट ब्याट्री प्याकको हाइपर चार्जको एक सेटबाट शक्ति लिने व्यवस्था छ । ट्राइटन ईभीले दाबी गरेको छ कि इलेक्ट्रिक एसयूभी एक हाइपरचार्जरको माध्यम बाट मात्र दुई घण्टामा रिचार्ज गर्न सकिन्छ। यो कारले मात्र २.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ। पूर्ण चार्ज पछि यो लगभग १२०० किमीको  चलाउन सकिन्छ। यो संसारमा यस्तो क्षमताको पहिलो इलेक्ट्रिक कार हुनेछ। ट्राइटन मोडल एच एसयूभी ७ कलर अप्सनमा लन्च हुनेछ।

ट्राइटनको यो कारको लम्बाई १८ फिट छ। यसमा ८ जाने यात्रु सजिलै बस्न मिल्छ भने २ सय वर्ग फिट क्षेत्रमा समान राख्न सकिन्छ। सो कम्पनीलाई उद्धृत गर्दै भारतीय समाचार माध्यममा प्रकाशित समाचार अनुसार कम्पनीले भन्यो कि उसले पहिले नै भारतबाट २.४ अर्ब डलर को खरिद आदेश प्राप्त गरेको छ। सो कम्पनीले चाँडै भारतको तेलंगानाको जहिराबाद क्षेत्रमा आफ्नो उत्पादन इकाई स्थापना गर्ने योजना बनाएको छ। उनले आगामी केही महिनामा अर्ब डलर लगानी गर्ने बताएको छ। कम्पनीका अनुसार भारतसँगै कम्पनीले बङ्गलादेश, श्रीलङ्का, नेपालमा पनि कार उत्पादन गर्ने छ।

प्रतिक्रिया दिनुहोस