aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्यादी हाइड्रोपावरको आइपीओ प्रि–अलोटमेन्ट सम्पन्न, शुक्रबार बाडँफाँड हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
न्यादी हाइड्रोपावरको आइपीओ प्रि–अलोटमेन्ट सम्पन्न, शुक्रबार बाडँफाँड हुने

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ प्रि –अलोटमेन्ट सम्पन्न भएको छ । उक्त आइपीओ आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएपछि यसै साताको शुक्रबार बाँडफाँडको तयारी गरेको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २२ लाख ८२ हजार २७ जना आवेदकहरूले २ करोड ७६ लाख १५ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १३ दशमलव १९ गुणा धेरै हो ।

 

प्रतिक्रिया दिनुहोस