aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ड्रग्स केसमा फसेका शारुख खानका छोरालाई जमानतमा छोड्न अदालतले मानेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ कार्तिक २०७८
ड्रग्स केसमा फसेका शारुख खानका छोरालाई जमानतमा छोड्न अदालतले मानेन

एजेन्सी । भारतीय कलाकार शारुख खानका छोरा आर्यान खान झन समस्यामा पर्दै गएका छन ।  बुधबार आदालतले आर्यान खानको जामानतमा रियाका लागि पेश गरेको पेशी नै रद्द गरिदिएको छ । ड्रग्स काण्डमा फसेका आफ्ना छोराको जामानतका लागि शारुख खानले अदालतमा निवेदन पेश गरेका थिए । आर्यानका साथमा अरवाज मर्चेन्ट र मुनमुन धमेचालाई पनि जामानतमा रिहा गर्न रोक लगाएको छ । 

बलिउड स्टार शारुख खानको छोरालाई अदाललते जमानतमा रिहा गर्न रोक लगाएपछि सामाजिक सञ्जालमा ठूलो विरोध शुरु भएको छ । आर्यान खानको साथमा ड्रग्स नपाएपछि शारुख खानले आफ्नो छोरालाई जमानतमा रिहा गर्नका लागि पेश गरेको निवेदन नै अदालतले खारेज गरेपछि भारतीयहरुले अदालतले टर्चर गरेको आरोप लगाइ रहेका छन् ।

एकै केशमा पक्राउ परेकी भारती सिंहको साथबाट ८६ ग्राम लागु पदार्थ भेटिएपछि पनि यहि दिनमा उनलाई अदालतले छाड्ने आदेश दिएको भन्दै सामाजिक सञ्जालमा भारतीय न्यायप्रणालीको खिल्ली उडाइएका छन् । 
 

प्रतिक्रिया दिनुहोस