aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
न्यादी हाइड्रोपावरको आईपीओ शुक्रवार  बाँडफाँट हुदैं

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रवार विहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा विहान ९ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको जानकारी दिएको हो । 

यस कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा १४ गुणा बढी हो । कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । 

कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । 

कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानिय र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयरमध्य स्थानिय वासिन्दाहरुमा १५ लाख कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुमा ३ लाख कित्ता शेयर वितरण गरेको हो । 

कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ ।

सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७÷७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी ८ करोड ७७ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस