
काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज रू. १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को बास्तविक नेटवर्थ रू. १३५ दशमलव ११ रहेकाले नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको शेयर सुचिकरण प्रक्रियामा रहेको छ । उक्त आइपीओको बाँडफाँट असोज १७ गते भएको हो । सो आइपीओ ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन । कम्पनीले निष्कासन गरेको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्ध भएको थियो ।
कम्पनीले भदौ ६ गते देखि १० गते सम्म रू. ७० करोड बरावरको ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । निष्कासन गर्ने कुल कित्ता मध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारण को लागि निष्कासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस