aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

शिवम् सिमेन्ट्सले कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
शिवम् सिमेन्ट्सले कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने

काठमाडौं । शिवम् सिमेन्ट्सले कात्तिक १६ गते आव्हान गरेको छैठौं वार्षिक साधारण सभाका लागि कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । साधारण सभाको सुचना यस अघिनै सार्वजनिक गरेको कम्पनीले शुक्रवार बुक क्लोज सम्बन्धी सुचना सार्वजनिक गरेको हो । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । कम्पनीले सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौंमा विहान १० बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।  

यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले २९ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । २०७५ साल फागुन २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको शिवम् सिमेन्ट्सले सोही वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ देखिको लाभांश इतिहासमा यस वर्ष कम्पनीले सर्वाधिक लाभांश प्रस्ताव गरेको हो । 

आईपीओ खरिद गरेको पहिलो वर्षनै कम्पनीका शेयरधनीहरुले १५ दशमलव ७८ प्रतिशत कर समेत नगद लाभांश प्राप्त गरेका थिए ।  विगत चार वर्षदेखि कम्पनीले निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको छ । गत वर्ष कर समेत २४ दशमलव २१ प्रतिशत र अघिल्लो वर्ष कर समेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड छ । सोही पूँजीको आधारमा कमपनीले चार वर्षदेखि निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको हो । 
 

प्रतिक्रिया दिनुहोस