
एजेन्सी । भारतको मुम्बई क्रुज ड्रग्स प्रकरणको अनुसन्धान अभिनेत्री अनन्या पाण्डे सम्म पुगेको छ । बिहीबार साढे दुई घण्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई आज बिहान ११ बजे फेरि बोलाएको छ ।
अनन्या बिहीबार साँझ ४ बजे एनसीबी कार्यालय पुगेकी थिईन् । निर्धारित समयभन्दा दुई घण्टा ढिलो र आफ्नो बुबा चंकी पाण्डे र वकिलसंग साँझ ६ः१५ बजे एनसीबी कार्यालयबाट बाहिर आइन । क्रुज ड्रग्सको केसमा बरामद गरिएको ड्रग च्याटमा आर्यनको नाम पनि उल्लेख छ । त्यसैले सम्भवतः उनलाई पनि अनन्याको अगाडि बसेर सोधपुछ गर्न सक्ने संभावना रहेको छ ।
अनन्यालाई आर्यनको व्हाट्सएप च्याट देखाएर आज प्रश्न गर्न सकिन्छ। एनसीबी आर्यन खान र अनन्या पाण्डेको कुराकानीको जांच गरी रहेको छ । उनीहरुको इलेक्ट्रोनिक उपकरण पनि जफत गरिएको छ । बिहीबार मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अनन्या पाण्डेको घरमा छापा मारेको थियो । छापा मारिएपछि अनन्यालाई सोधपुछका लागि बोलाइएको थियो । एनसीबी अधिकारीहरूले उनको घरबाट एउटा ल्यापटप, फोन र अन्य इलेक्ट्रोनिक उपकरण बरामद गरेका छन्।
यस क्रममा अधिकारीहरु जेल र यस मामलामा रहेका आर्यन खानको सम्बन्धमा सम्भव भएसम्म धेरै जानकारी संकलन गर्ने प्रयास गरेको छ । एनसीबी अधिकारी समीर वानखेडे पनि उनीसंग सोधपुछ गरिसकेको छ ।
अनन्यालाई यो पनि सोधिएको थियो कि आर्यनले साथमा ड्रग्स लिनुहुन्थ्यो कि थिएन ? उनको च्याटमा देखिएका नामहरु मध्ये कुनै अरुलाई पनि चिन्नुहुन्छ भनेर सोधिएको थियो । एनसीबीका अनुसार आर्यन खान, एक अभिनेताको भतिजा, ठूलो अभिनेताको छोरी र ठूलो अभिनेत्रीको बहिनीको संपर्क मा एक ठूलो निर्मातासँग पनि कुराकारानी गरेको भेटिएको छ । तर, यो स्पष्ट छैन कि आर्यनले उनीसंग ड्रग्सको बारेमा कुरा गरेका थिए कि थिएनन् ।
आर्यन खानको न्यायिक हिरासत अक्टोबर ३० सम्म बढाइएको छ । शाहरुख खानका छोरा आर्यन खानलाई बिहीबार मुम्बईको क्रुज ड्रग्स मुद्दामा अर्को झट्का लागेको छ । मुम्बईको विशेष एनसीबी अदालतले आर्यन, अरबाज सहित आठ अभियुक्तहरुको न्यायिक हिरासत अक्टोबर ३० सम्म बढायो ।
प्रतिक्रिया दिनुहोस