
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा कात्तिक २७ गते बोलाएको छ । सभा बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी नुवाकोटमा हुने जानकारी गराएको हो । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । त्यस्तै संस्थापक समूहको ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने पनि रहेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस