
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले तेह्रौं वार्षिक साधारण सभा कात्तिक २७ गते गर्ने भएको छ । सभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो । सभाले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक १२ गते देखि २७ गते सम्म बन्द रहनेछ । यस आधारमा कात्तिक ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस