
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ८४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारण सभा आज बलाएको छ । मंगलबार अर्थात आज असार ३१ गते हुने कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
पच्चिसौं वार्षिक साधारण सभा बिहान ११ बजे नक्साल ब्याङ्क्वेट नक्सालमा हुने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको छ । उक्त लाभांश असार १९ गतेसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।
१ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो । बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश भने दिने छैन । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस