
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण महर्जनले राजिनामा दिएका छन् । कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले महर्जनले दिएको राजिनामा कात्तिक ५ गते आज देखि लागू हुने गरी स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
साथै सोही बैठकले कम्पनीका बरीष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कात्तिक ७ गते देखि लागू हुने गरी कार्यबाहक प्रमुख कार्यकारीको जिम्मेवारी दिएको जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस