
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई हजार मेगावाटका ठूला आयोजनालाई प्राथमिकता दिने बताएका छन । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
उनले आफूमाथि ठूला आयोजनाहरु शुरु नगरेको आरोप लगाउनहरुको भ्रम चिर्न दुई हजार मेगावाटको आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने दावी समेत गरे । उनले भने, ‘अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेका छौं ।’ प्राधिकारण्का सामू अहिलेको चुनौति माग बढाउने र विद्युत खपत बढाउने रहेको बताए । उनले भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको समेत बताए । अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको उनले बताए ।
उनले भने, प्राधिकरणले अहिले करिव २ हजार मेगावाटका ठूला आयोजनाहरु अगाडि बढाएको छ, दुई हजार मेगावाटको आयोजना अघि बढ्दै गर्दा अर्को एउटा ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउँदैछ, अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट अरुण करिडोरमा आयोजनाहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस