
काठमाडौं । सामलिङ पावर कम्पनीको आइपीओमा दोस्रो दिनसम्म ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार शुक्रवारसम्ममा यी आवेदकहरुबाट १ अर्ब १३ करोड ८६ लाख २३ हजार रुपैयाँ बरावरको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन परेको हो । जुन माग भन्दा १६ दशमलव ७७ गुणा बढी आवेदन हो ।
कम्पनीले कात्तिक ४ गते देखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको ७ लाख ३० हजार कित्ता आइपीओ निष्कामध्ये १४ हजार ६ सय कित्ता कर्मचारीको लागि ,३६ हजार ५ सय कित्ता म्युचुअल फण्डको लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता आइप्ीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो
यो आईपीओ खरिदका लागि कात्तिक ८ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फता आइपीओमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस