aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बेल्जियमा काम लगाइदिने प्रलोभनमा एक महिलामाथि थाइल्याण्ड पुर्याइ यौनशोषण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
बेल्जियमा काम लगाइदिने प्रलोभनमा एक महिलामाथि थाइल्याण्ड पुर्याइ यौनशोषण

काठमाडौं । एक महिलालाई बेल्जियमा काम लगाईदिन्छु भन्दै बैंकक पुर्‍याई बेचविखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका(४ घर भएका ४४ वर्षीय राजेन्द्र खड्कालाई काठमाडौं  सिनामंगलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ समेत लिई सन् २०१९ मे २२ मा भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्‍याएका थिए । 

 थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा सन् २०२० मार्च १५ मा नेपाल फर्कन सफल भएको प्रहरीले बताएको छ ।  पीडितको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले हालसम्म फरार रहेका राजेन्द्रलाई सिनामंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार (नियन्त्रण) ऐन,  २०६४ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको उक्त व्यूरोले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस