aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्की मार्फत कार्तिक ५ गतेको दिन घोषित गरिएको छ ।   

बुटवलको ड्राइभवे व्हिलस् प्रा.लिबाट WRV-SVMT खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत रु.३,५०,००० नगद उपहार प्राप्त गरेका छन । यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स रहेको छ । 

त्यस्तै, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने छन । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सकिने जनाएको छ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस