aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एचआईडिसिएलको लिलामी शेयर बाँडफाँट, संस्थापक तर्फको शेयरमा परेन आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
एचआईडिसिएलको लिलामी शेयर बाँडफाँट, संस्थापक तर्फको शेयरमा परेन आवेदन

 काठमाडौं । हाइड्रोईलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले लिलामीमा विक्री खुला गरेको शेयर कात्तिक ७ गते बाँडफाँट गरेको छ । कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म संस्थापक तर्फका ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो । लिलामीमा आएको अवतिरित हकप्रद शेयरमध्य संस्थापक तर्फको शेयरमा भने कुनै पनि आवेदन नपरेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । 

सर्वसाधारण तर्फको शेयर खरिदका लागि भने प्राप्त बोलपत्रहरु गत असोज २२ गते फेसबुक लाईभ मात्र खोली कात्तिक ७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको विक्री प्रबन्धकको भनाई छ । सर्वसाधारण समूहतर्फ रू. २२५ दशमलव १० का दरले बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम र रू. २२५ का दरले बोलपत्र पेश गरेकाहरुको हकमा समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको जानकारी क्यापिटलले दिएको छ । उक्त बाँडफाँटमा नपरेको शेयर वापतको रकम कात्तिक ७ गतेदेखिनै बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिएको छ । 

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी भदौ २६ गते बाँडफाँट गरेको थियो । कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर विक्रि गरेको हो । उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर कम्पनीले लिलामीमा विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस