काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले कात्तिक २३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले मुक्तिनाथ विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय, काठमाडौं प्लाजा, कमलादी , काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको अधिकृत , जारी तथा चुक्तापूँजी बृद्धि गर्ने र यसका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा भर्चुअल माध्यमबाट हुनेछ ।
प्रतिक्रिया दिनुहोस