aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उत्त कायक्रमहरुको संयोजन सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले गरेका हुन् । 

सन नेपाल लाइफले  कैलालिको धनगढी, अत्तरीया, सुखड, लम्की र टिकापुर तथा कञ्चनपुरको महेन्द्रनगर र पूनर्वासमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । साथै कम्पनीको शाखा कार्यालय धनगढी र धनगढी शाखा अन्तरगत रहेका उपशाखा महेन्द्रनगर, झलारी, अत्तरीया बेलौरी, पूनर्वास, हसूलिया, मसुरिया, भजनी, सुखड, लम्की, टिकापुर बौनिया तथा राजापुरमा कार्यरत उत्कृष्ट अभिकर्ताअरुलाई सम्मान समेत गरेको छ । 

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस