aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लमजुङमा भूकम्पको धक्का

  • रासस
    रासस
  • सोमबार, ०८ कार्तिक २०७८
लमजुङमा भूकम्पको धक्का

लमजुङ । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३०  मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ  स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।”

प्रतिक्रिया दिनुहोस