aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआइसी एसिया ब्यालेन्स फन्डको आईपीओ साउन ८ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
एनआइसी एसिया ब्यालेन्स फन्डको आईपीओ साउन ८ गतेदेखि

काठमाडौं  । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुन लागेको एनआईसी एशिया ब्यालेन्स फन्डले आईपीओ जारी गर्न लागेको छ । कम्पनीले सर्वसाधारणहरुको लागि प्रतिइकाई  १० रुपैयाँमा १० करोड ६२ लाख ५० हजार कित्ता आईपीओ साउन ८ गतेदेखि बिक्री खुला गर्न लागेको छ । निष्काशन बन्द मिति छिटोमा  साउन १२ गते र ढिलोमा भदौ ५ गतेसम्म रहेको छ । योजना १० वर्षे बन्दमुखी हो । 
आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम १ करोड ७५ लाख  कित्ताको लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । 
योजनाको अधिकृत पँुजी तथा जारी पूँजी २० करोड रहेको छ । कम्पनीले १ अर्ब २५ करोडको इकाई बिक्री गर्न लागेको छ । इकाई बिक्रीपछि योजनाको चुक्ता पँुजी  १ अर्ब ४५ करोड पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस