
काठमाडौं । केयर रेटिङ्गस नेपाल लिमिटेडको वार्षिक साधारण सभा मंगलबार हुदै छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१.०५२६३० का दरले नगद लाभांश पारित गर्ने छ ।
कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचौँ वार्षिक साधारण सभा कम्पनीको मुख्य कार्यालय स्टार मल, पुतलीसडकमा हुने छ । त्यसैगरी, सभामा शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ति गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस