
काठमाडौं । आसा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहिवार कात्तिक ११ गते रहेको छ । यी दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १२ गते बुक क्लोज गरेसँगै भोलि बिहिवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारीतका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टु।ेण्ट ककनी नुवाकोटमा हुने जानकारी गराएको हो ।
त्यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई सभाले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस